राजनीति

एमाले केन्द्रीय प्रचार विभागमा ११ सदस्य मनोनीत,को–को भए मनोेनीत ?

काठमाडौं । नेकपा एमालेको केन्द्रीय प्रचार विभागमा शनिबार बसेको केन्द्रिय सचिवालय बैठकले ११ जना सदस्य मनोनीत गरेको छ । बैठकले प्रचार विभाग र संसदीय विभागमा ११ जना सदस्य मनोनयन गरेको हो ।

एमाले संसदीय विभागको प्रमुखमा पृथ्वीसुब्बा गुरुङ र प्रचार विभाग प्रमुख राजेन्द्र गौतम चयन भएका हुन् । मनोनीत भएका सदस्यहरूको विवरण अन्तर पार्टी निर्देशनमा पठाएपछि सार्वजनिक गर्ने जनाएको छ ।

प्रचार विभाग सदस्यमा डा. महेन्द्र विष्ट, प्रेस चौतारीका उपाध्यक्ष गणेश पाण्डे, राजेश राई, लीलालराज भट्टराई थपिएको एमाले स्रोेतले जनाएको छ ।

एलबी शेख, रामकृष्ण ज्ञवाली, शेरबहादुर केसी, दीपक ज्ञवाली, सूर्यमणि गौतम, हेमन्त पौडेल र अक्षरी पोखरेल पनि विभागमा सदस्य मनोनीत भएको स्रोतको भनाइ छ ।

यसअघि गगन विष्ट सचिव थिए भने निर्मला शर्मा, गणेश बस्नेत, उजिर मगर, टीका विष्ट, प्रमोद दाहाल, चेतन अधिकारी र रोशन खड्का विभागमा सदस्य थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *