काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्मा रहेको मिटरब्याजी विरुद्धको विधेयक नै अघि बढाइने बताएका छन् । प्रेस सेन्टर नेपाल, चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संसद्मा रहेको विधेयकलाई नै अघि बढाउने प्रक्रियामा छलफल भइरहेको बताए ।
उपप्रधानमन्त्री श्रेष्ठले भने, “हामीले मिटरब्याजी विरुद्धको पुरानो विधेयकलाई नै अघि बढाउन लागिरहेका छौँ , छिट्टै विधेयक पारित गर्ने स्थितिमा सरकार पुग्छ ।” संसद् अवरोधका कारण विधेयक पारित हुन नसकेको उल्लेख गर्दै उहाँले अब संसद् सञ्चालन हुने बित्तिकै यसलाई पारित गरिने बताए ।
“प्रतिपक्षी पनि विधेयकको पक्षमा छन् । यसलाई हामी चाँडै संसद्बाट पारित गर्छौं”, उनले भने । सरकारले संसद्मा दर्ता गराएको विधेयकको विषयमा दलहरुसँग छलफल भइरहेको उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो । मिटरब्याजी विरुद्धको उजुरी नलिने र छानबिनका क्रममा पीडितको पक्षमा न्याय हुने काम नरोकिने उनको भनाइ छ ।
विधेयकलाई ऐनका रुपमा लैजान मिल्दैन कि भन्ने चर्चा परिचर्चा भइरहेको उल्लेख गर्दै उनले संवेदनशील मुद्दामा विधेयक चाँडो पास गर्नुपर्ने बताए । उपप्रधानमन्त्री श्रेष्ठले भने, “संवेदनशील मुद्दामा कानुनी ग्याब लामो राख्न नमिल्ने भएकाले संसद् खुल्दा पारित हुने गरी काम अघि बढेको छ ।”
ललिता निवास प्रकरणका सम्बन्धमा उनले भने , “कस्लाई पहिला पक्राउ गर्ने, पहिला कस्लाई अनुसन्धान गर्ने, अभियोजन दर्ता गर्ने भनेर व्यक्ति हेरेर किटान गर्ने र प्रक्रिया अघि बढाउने गर्दैनौँ ।” प्रहरीले तथ्य र प्रमाणका आधारमा अनुसन्धान गर्ने उनको भनाइ थियो । “अनुसन्धानका लागि प्रहरी संयन्त्रलाई दबाब दिन मिल्दैन र दिँदैनौँ ”, उपप्रधानमन्त्री श्रेष्ठले भने – उनले थपे , “हामीले हस्तक्षेप मुक्त भएर अनुसन्धान गरेर अपराधीलाई दायरामा ल्याउन भनेका छौँ ।”
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्मा रहेको मिटरब्याजी विरुद्धको विधेयक नै अघि बढाइने बताएका छन् । प्रेस सेन्टर नेपाल, चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संसद्मा रहेको विधेयकलाई नै अघि बढाउने प्रक्रियामा छलफल भइरहेको बताए ।
उपप्रधानमन्त्री श्रेष्ठले भने, “हामीले मिटरब्याजी विरुद्धको पुरानो विधेयकलाई नै अघि बढाउन लागिरहेका छौँ , छिट्टै विधेयक पारित गर्ने स्थितिमा सरकार पुग्छ ।” संसद् अवरोधका कारण विधेयक पारित हुन नसकेको उल्लेख गर्दै उहाँले अब संसद् सञ्चालन हुने बित्तिकै यसलाई पारित गरिने बताए ।
“प्रतिपक्षी पनि विधेयकको पक्षमा छन् । यसलाई हामी चाँडै संसद्बाट पारित गर्छौं”, उनले भने । सरकारले संसद्मा दर्ता गराएको विधेयकको विषयमा दलहरुसँग छलफल भइरहेको उपप्रधानमन्त्री श्रेष्ठले बताए । मिटरब्याजी विरुद्धको उजुरी नलिने र छानबिनका क्रममा पीडितको पक्षमा न्याय हुने काम नरोकिने उनको भनाइ छ ।