काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बिहीबार एक चरणको मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सकिएको छ । सो बैठक पछि लेखकले सो बताएका हुन् । उनका अनुसार मन्त्रालयको भागबण्डाबारे छलफल जारी छ । बिहीबारसम्ममा एक चरणमा मन्त्रिपरिषद् विस्तार भइसक्ने उनको भनाइ छ । मन्त्रिपरिषद् दुई चरणमा पुनर्गठन हुनेगरी छलफल भएको लेखकले बताए ।
आज बिहिन बालुवाटारमा १० बजे बसेको बैठकमा १० दलबीच गम्भीर छलफल भएको र पुनः दिउँसो ३ बजे बस्ने बैठकमा सहमति जुटाएर अघि बढिने निष्कर्षका साथ बैठक सकिएको उनको भनाइ छ ।




