समाचार

सांसद चन्द्र भण्डारीलाई उपचारका लागि मुम्बई लैजाने तयारी छ : स्वास्थ्य मन्त्री गिरी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले ग्यास सिलिण्डर बिस्फोटबाट गम्भीर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित अस्पताल लैजाने तयारी गरिएको जानकारी दिए ।

आज कीर्तिपुरस्थित अस्पताल पुगेर सांसद भण्डारी र उनको उपचारमा संलग्न चिकित्सकहरूसँग कुराकानी गरेका मन्त्री गिरीले सांसद भण्डारीलाई थप उपचारका लागि मुम्बई लैजाने तयारी रहेको बताएका हुन् ।

‘ मन्त्री गिरीका अनुसार उपचारका लागि भारत लैजाने तयारी भएपछि मुम्बईस्थिन नेशनल बर्न्स सेन्टरका चिकित्सकहरूसँग कुराकानी भएको छ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकार र डा. किरण नकर्मीले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै यथोचित उपचार नेपालमा सहज नहुने देखिएकोले देश बाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा लगेर छिटो उपचार गर्न सिफारिस गरेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *