समाचार

कालीगण्डकीमा बस खस्दा २ भारतीयसहित १७ जना घाइते

काठमाडौं । मुस्ताङ जोमसोमदेखि पोखराका लागि छुटेको बस थासाङ गाउँपालिका–३ मा कालीगण्डकीमा खस्दा २ भारतीयसहित १७ जना घाइते भएका छन् ।

मुस्ताङको थासाङ गाउँपालिका धम्पु भन्ने ठाउँमा सडकबाट बस कालीगण्डकीमा खसेको हो ।

प्रहरी नायव उपरीक्षक (डीएसपी) रविन्द्रनाथ पौडेलका अनुसार ना७ख ७४४० नम्बरको बस बदीमा खस्दा बसमा सवार सबै जना घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको छ । बस करिब ४५ मिटर तल खसेको उनको भना्रइ रहेको छ ।

बस सीधै पानीमा खसेको र प्रहरी कार्यालय नजिकै रहेकाले छिटो उद्धार भएकाले ठूलो क्षति हुन नपाएको पौडेलले जानकारी दिए ।

गम्भीर घाइते २ जनासहित १४ जनालाई थप उपचारका लागि एम्बुलेन्समार्फत पोखरा पठाइसकिएको छ । बाँकी तीन जना सामान्य घाइतेको थासाङ–३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको पोडेलको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *