काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले आफू मन्त्री बन्ने निश्चित नभएको प्रतिक्रिया दिएका छन् ।
सात दलीय गठबन्धनको बैठकका लागि सोमबार बानेश्वरस्थित संसद् भवन पुगेका अध्यक्ष राउतले आफू मन्त्री बन्ने निश्चित नभए पनि मधेश प्रदेशमा मुख्यमन्त्रीको दाबी रहने बताए ।
उनले भने, ‘म मन्त्री बन्ने कुरा निश्चित छैन । मधेस प्रदेशमा मुख्यमन्त्रीको दाबी हुन्छ । केन्द्रमा संख्याको आधारमा धेरै मन्त्री दाबी गर्न मिल्दैन ।’
दाबी प्रस्तुत गरे पनि कुन बेला गठबन्धन परिवर्तन हुन्छ ठेगान नभएको उनले बताए । यद्यपि, जनमत पार्टी सरकारमा सहभागी हुने उनले स्पष्ट पारे ।




