काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल प्रभावकारी नरहेको बताएका छन् ।
उनले सभामुख अग्निप्रसाद सापकोटा कतिपय अवस्थामा सत्तारुढ गठबन्धनको बफादार कार्यकर्ताको भूमिकामा रहँदा प्रतिनिधिसभाको कार्यकाल प्रभावकारी नभएको बताएका छन् ।
संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले जिज्ञासाको जवाफ दिने क्रममा उनले सभालाई नेतृत्व गर्ने सभामुख सापकोटा र सरकारको भूमिका राम्रो नभएकाले प्रतिनिधिसभाले आफूले दिनुपर्ने डेलिभरी दिन नसकेको पटकपटक उनको दाबी छ । सभामुख सापकोटाको भूमिका प्रतिनिधिसभाको नेतृत्वको रुपमा दुःखद भएको जनाएका छन् ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले सभामुख सापकोटाकै कारण सरकारले गरेको काम, कारबाहीबारे जनतालाई सही सूचना दिने काम समेत प्रतिनिधिसभाबाट नभएको उनको दाबी गरेका छन् ।




