समाचार

समानुपातिकतर्फका निर्वाचनका लागि १० भदौबाट दल दर्ता

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहाने राजनीतिक दललाई निवेदन पेश गर्न आब्हान गरेको छ ।

आगामी ४ मंसिरमा हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई निवेदन दिन आब्हान गरेको हो । निर्वाचन आयोगले जारी गरेको सार्वजनिक सुचना अनुसार १० भदौं देखी १२ भदौंसम्म समानुपातिक तर्फको निर्वाचनमा भाग लिनका लागि दल दर्ता गरिसक्नुपर्नेछ ।

आयोगका अनुसार समानुपातिकतर्फको निर्वाचनमा भाग लिन चाहाने राजनीतिक दलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनु पर्नेछ ।

आयोगले गत साउनमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आब्हान गर्दा ८७ दलले दर्ता गराएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *