समाचार

सिट बाँडफाँटका विषयमा गठबन्धन दल सहमतिनजिक

काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठकमा सिट बाँडफाँटको विषय सहमति नजिक पुगेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको बैठकमा सिट बाँडफाँटको विषय निष्कर्ष नजिक पुगेको काँग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

बैठकमा सिट बाँडफाँटका साथै त्यसपछिको अवस्थाका बारेमा पनि छलफल भएको उनको भनाई छ । कार्कीले मंगलबार दिउँसो तीन बजे पुनः बैठक बस्ने र थप छलफल हुने जानकारी दिए ।

४ मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन दलबिच सिट बाँडफाँट गरेर चुनाव जाने सहमति भएको छ तर सिट बाँडफाँटको विषय भने अझै टुङ्गोमा पुग्न सकेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *