काठमाडौं । राष्ट्रपति भवन शीतल निवास अगाडि आफैँलाई जलाउन खोजेकी निहारिका राजपुतलाई अस्पताल भर्ना गरिएको छ ।
न्याय माग्दै राजपुतले राष्ट्रपति भवनअघि आत्मदाहको प्रयास गर्दैगर्दा प्रहरीले उद्धार गरेर अस्पताल लगेका थियो । राजपुतले आफ्नो शरीरमा पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेपछि उनलाई शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो ।
१७ वर्षको हुदाँ शिवराम श्रेष्ठले नशालु पदार्थ सेवन गराएर बलात्कार गरेकोदाबीसहित आरोपितलाई कारबाहीको दायरामा ल्याउनुपर्ने सरकारसगँ भएको ५ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै पुन अनशन सुरु गरेकी हुन् । अनशनका क्रममा सरकारले उनीसँग ५ बुँदे सहमति गर्दै असार ३ गते अनशन तोडाएको थियो ।




