काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट मन्त्रिपरिषद्को बैठक बसिरहेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।
आजकाे बैठकले संघ र प्रदेशको निर्वाचन मिति तोक्न सक्ने सम्भावना रहेको बताइएकाे छ ।
बुधवार बसेको पाँच दलीय सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्न प्रधानमन्त्री देउवालाई सुझाएका थिए । त्यस सुझावका आधारमा प्रधानमन्त्री देउवाले मन्त्रीपरिषद बैठकमार्फत प्रदेश र संघको निर्वाचन तोक्न सक्नेछन् ।




