विश्व

युक्रेनमा रूसी हवाई आक्रमण, आठ जनाको मृत्यु, ११ घाइते

युक्रेनको निप्रोपेट्रोभस्क क्षेत्रमा भएको रूसी आक्रमणमा परि आठ जनाको मृत्यु हुनुका साथै अन्य ११ जना घाइते भएको युक्रेनी अधिकारीहरूले बुधबार बताएका छन् ।

अधिकारीहरुका अनुसार रूसी सेनाले यस क्षेत्रमा करिब ३० वटा हवाई आक्रमण गर्दा उनीहरुको ज्यान गएको छ र अन्य घाइते भएका छन् भने धेरै आवासीय भवन तथा पूर्वाधार सुविधाहरूमा क्षति पुगेको छ ।

यस अघि अधिकारीहरुले रूसी सेनाले निप्रोपेट्रोभस्क क्षेत्रमा ५० वटा भन्दा बढी तोप तथा ड्रोन आक्रमण गर्दा पाँच जना घाइते भएको रिपोर्ट गरेको थियो ।

अनेकौ अन्तर्राष्ट्रिय प्रयासहरूका बीच सन् २०२२ फेब्रुअरी देखि सुरु भएको रूस–युक्रेन युद्धले हाल सम्म कुनै समाधानमा पुग्ने संकेत देखाएको छैन भने, निरन्तर सैन्य अपरेसनहरू र दुई पक्षहरू बीच आक्रमणको आदान–प्रदान भईरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *