राजनीति

रवि लामिछाने र रमेश खरेलबिच भेटवार्ता

काठमाडौँ । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका प्रस्तावित सभापति रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबिच भेटवार्ता भएको छ । उनीहरुबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको छ ।

सुशासन पार्टीले आफ्नो फेसबुक पेजमा तस्बिरसहित भेटघाटको जानकारी गराएको हो ।

दुई पार्टी पक्षबीच आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा सकारात्मक कुराकानी भएको सुशासन पार्टीले जनाएको छ ।

नेपाल प्रहरीका पूर्व डिआईजीसमेत रहेका रमेश खरेल आगामी संसदीय चुनावमा काठमाडौँ-१ बाट उम्मेदवारी दिने तयारीमा छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *