समाचार

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बस्दै

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज बस्दैछ ।

एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठक तीनकुनेस्थित पार्टी कार्यालयमा बिहान ११ बजे बस्नेछ । केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा पोलिटब्यूरो बस्न लागेको हो ।

शनिबार केन्द्रीय कमिटी बैठक बस्नेछ भने १३ र १४ असारमा केन्द्रीय परिषदको बैठक डाकिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *