समाचार

हेलम्बु गाउँपालिका : कुनै पनि कार्यक्रम संचालनगर्न गाउँसभाबाट अनुमोदन अनिवार्य

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले कुनैपनि संघ संस्थाले गाउँपालिका क्षेत्रमा कुनै पनि कार्यक्रम संचालन गर्नुपरेमा गाउँसभाबाट अनुमोदन गराउन आवश्यक रहेको बताएको छ ।

गाँउपालिकाले गएको विहिवार एक सुचना प्रकाशन गर्दे यस्तो उल्लेख गरेको हो । अब हेलम्बुवासी नागरिकहरुले कुनै पनि योजना तथा कार्यक्रम गाँउपालिकाबाट अनुमोदन भएपछिमात्र सञ्चालन गर्न पाउने भएका छन । कार्यक्रम संचालक संस्था तथा समितिले कार्यक्रमको बिषय औचित्य र अनुमानित बजेट समेत खुलाएर आवेदन गर्न गाँउपालिकाले सुचनामार्फत अनुरोध गरेको छ ।

हेलम्बुमा कार्यक्रम गर्नका लागि सम्पुर्ण विवरण लगाएत उदेश्य समेत उल्लेख गर्नुपर्ने भएको छ । गाँउपालिकाले नयाँ नियम लागु गरेसंगै हेलम्बु गाँउपालिकामा अब आफ्नो मनपरि ढङगबाट कार्यक्रम गर्न नपाइने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *