समाचार

संघीयता कार्यान्वयनसम्बन्धी अध्ययनका लागि संसदीय समिति गठन

काठमाडाैँ । राष्ट्रियसभाको बैठकले संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन गरेको छ ।

शुक्रबार बसेको राष्ट्रियसभाको बैठकले सांसद डा. खिमलाल देवकोटाको संयोजकत्वमा सांसद प्रकाश पन्थ, उदयबहादुर बोहोरा, डा विमला राई पौडेल, रामचन्द्र राई, मायाप्रसाद शर्मा र प्रमिलाकुमारी सदस्य रहेको समिति गठन गरेको हो ।

यही जेठ १९ गतेको राष्ट्रियसभा बैठकबाट सर्वसम्मतरूपमा स्वीकृत भएको सङ्कल्प प्रस्तावमा उल्लेख भएअनुसार संघीयता कार्यान्वयन सम्बन्धमा राजनीतिक, वित्तीय, प्रशासनिक, संरचनागतलगायत सबै पक्षको अध्ययन गरी राष्ट्रियसभामा प्रतिवेदन पेश गर्न सो विशेष समिति गठन गरिएको राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए ।

उक्त विशेष समितिको कार्यावधि कार्य प्रारम्भ गरेको मितिले चार महिना उनले बताए ।

सभाका अध्यक्ष तिमिल्सिनाद्वारा प्रस्तुत उक्त नामावलीसहितको समिति गठनको प्रस्तावलाई बैठकले सहमति जनाएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *