राजनीति

माओवादी केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज (शुक्रबार) बस्दैछ । आज साँझ भर्चुअल रुपमा केन्द्रीय कमिटी बैठक बस्ने तयारी भइरहेको पार्टीका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

आजको केन्द्रीय कमिटी बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा गर्दै संसदीय चुनावसम्म कसरी अघि बढ्ने भन्नेबारेमा छलफल हुनेछ । यसअघि माओवादी केन्द्रले देशभरबाट निर्वाचित भएका जनप्रतिनिधिलाई बुधबार र बिहीबार प्रशिक्षण दिएको थियो ।

पार्टी केन्द्रीय कमिटीको बैठकअघि जनप्रतिनिधिलाई दिशाबोध गर्ने कामलाई उच्च प्राथमिकतामा राखिएको माओवादी नेता गिरिराजमणि पोखरेलले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *