काठमाडौं । स्थानीय तह निर्वाचनमा ७०३ पालिकाको मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेसले नेकपा एमालेकोभन्दा १२१ बढी पालिकमा जित निकालेको छ ।
निर्वाचन आयोगका अनुसार हालसम्म मतगणना सकिएका पालिकामध्ये ३११ वटाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवारले जितेका छन् । एमालेले हालसम्म १९० वटा पाकिलाको प्रमुख तथा अध्यक्ष पद जितेको छ ।
मतगणना भइरहेका पालिकामध्ये १५ वटाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् । एमालेले पनि १५ प्रमुख र २ अध्यक्षमा अग्रता कायमै राखेको छ ।
यसैगरी तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले २४ प्रमुख र ९६ अध्यक्ष पद जित्दा प्रमुख २ पालिकामा अग्रता कायमै राखेको छ । एकीकृत समाजवादीले ९ प्रमुख जितेकाे छ भने २ पालिकामा अग्रता लिएकाे छ । साथै जसपाले २६ स्थानीय तह जित तथा ६ स्थानमा अग्रता लिएकाे छ भने लोसपाले ११ स्थानमा जित निकालेकाे छ । राप्रपा ४ स्थानीय तहमा विजयी भएकाे छ । अन्य पार्टी र स्वतन्त्र उम्मेदवारले २८ पालिका जितेका छन् ।
निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटा पालिकामा निर्वाचन गरेको थियो ।




