स्थानीय तह निर्वाचन-२०७९

तुलसी उपमहानगर अपडेटः कसले कति मत ल्याए ?

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाको ३७ हजार ८५२ मत गन्दा मेयर पदका एमाले उम्मेदवार टीकाराम खड्काले अग्रता लिइरहेका छन् । उनले १५ हजार ९१७ मत ल्याएर अग्रता लिइरहेका हुन् ।

खड्कालाई १४ हजार ९५५ मत ल्याएर कांग्रेसका गेहेन्द्र गिरीले पछ्याइरहेका छन् ।

उपमेयरमा एमालेकी स्यानी चौधरीले १५ हजार ६८ मत ल्याएर अग्रता लिँदा नेकपा एकीकृत समाजवादीका जोगबहादुर राणाले ११ हजार ७४ मत ल्याएर पछ्याइरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *