समाचार

नवलपुरको बौंदीकाली गाउँपालिकामा एमाले विजयी

काठमाडौ । नवलपुरको बौंदीकाली गाउँपालिका अध्यक्षामा एमाले उम्मेद्वार विजयी भएका छन् । एमालेका प्रकाश ओझाले कांग्रेसका खड्कबहादुर रानालाई ४ सय ३५ मतान्तरले पराजित गरेका हुन् । ओझाले ३ हजार ९ सय ७६ मत पाउँदा रानाले ३ हजार ५ सय ४१ मत पाए ।

उपाध्यक्षमा पनि एमालेकै उम्मेद्वार विजयी भएकी छिन् । एमालेकी डिलकुमारी खेसीले ३ हजार ९ सय ६२ मत ल्याएर विजयी हुँदा कांग्रेस उम्मेद्वार धनकान्ती घिमिरेले ३ हजार ५६ मत मात्रै पाइन् । यसअघि यहाँ कांग्रेसले जितेकाे थियाे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *