समाचार

तनहुँको भिमादमा एमालेको अग्रता

काठमाडौं । भिमाद नगरपालिकामा नेकपा एमालेले अग्रता कायम गरेको छ । एक हजार ३५५ मत गन्दा मेयर र उपमेयर दुवै पदमा एमालेका उम्मेद्वारको अग्रता छ । एमालेका मेयरका उम्मेद्वार दधिराज सुवेदीले ६६९ मत पाएका छन् । उपेमयरमा शारदा खनालले ६४१ मत पाएकी छन् । 

गठबन्धनको तर्फबाट मेयरका उम्मेद्वार एकिकृत समाजवादी पार्टीका काजीमान श्रेष्ठले ४५१ र उपमेयरका उम्मेद्वार नेपाली कांग्रेसका मिलन आलेले ५६३ मत पाएका छन् ।  
 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *