काठमाडाैँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी जसपाका नेता राजेन्द्र श्रेष्ठले यसपटक काठमाडाैँ महानगरमा गठबन्धनका उम्मेदवारले बाजी मार्ने बताएका छन् । शुक्रबार काठमाडाैँमा आयाेजित चुनावी सभालाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् ।
उनले ओलीलाई ‘थाराे गाई’काे संज्ञा दिए । अब जनताले उनलाई दुध दिने गाई सम्झेर घाँस र दाना नखुवाउनुपर्ने बताए । ‘अब उनीबाट लाेकतन्त्र र संविधानकाे संरक्षणकाे सम्भव छैन,’ उनले भने, ‘उनलाई जनताले उनलाई जिताउनु हुँदैन । उनले संविधान र लाेकतन्त्र खाइसके ।’
ओलीजस्ताे नेताहरूका कारण नेपालमा विकास नभएकाे उनकाे भनाइ थियाे । ‘सतीले सरापेकाे देश हुँदै हाेइन नेपाल,’ उनले भने, ‘याे त केपी ओलीजस्ता नेताहरूका कारण पछि परेकाे हाे । साेचेजस्ताे विकास नभएकाे हाे ।’




