चितवन । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले गठबन्धन राष्ट्रिय आवश्यकता रहेकाे बताएका छन् । बिहीबार भरतपुरमा आयाेजित चुनावी सभालाई आन्दाेलन गर्दै नेता भण्डारीले यस्ताे बताएका हुन् ।
‘हाम्राे पाँचदलीय गठबन्धन भनेकाे राष्ट्रिय आवश्यकता हाे,’ उनले भनेका छन्, ‘काेही अत्तालिनु पर्दैन । हामी ठिक ठाउँमा छाैँ । काेही विचलित हुनु पर्दैन । अब हाम्राे महानगरकाे उम्मेदवार जिताउनका लागि कांग्रेस साथीहरूले नेतृत्व गर्नुस् ।’




