समाचार

पूर्वनिर्धारित अधिवेशन हाललाई स्थगित गर्न भातृसंस्थालाई काँग्रेसको निर्देशन

काठमाडौँ । नेपाली काँग्रेसले भ्रातृसंस्थाहरुलाई पूर्वनिर्धारित अधिवेशन–महाधिवेशन हाललाई स्थगित गर्न निर्देशन दिएको छ ।

काँग्रेसले बुधबार विज्ञप्ति जारी गर्दै ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई जिताउन पार्टीका सम्पूर्ण साङ्गठनिक संरचनाहरू, भ्रातृ सङ्घहरू, शुभेच्छुक संस्थाहरू लगायत विदेशस्थित जनसम्पर्क समितिहरू समेत क्रियाशील रहेकाले हाललाई निर्धारित अधिवेशन–महाधिवेशन स्थगित गर्न निर्देशन दिएको हो ।

पूर्वनिर्धारित अधिवेशन–महाधिवेशन स्थानीय तहको निर्वाचनको आसपास गर्न सान्दर्भिक र सम्भव नदेखिएको विज्ञप्तिमा उल्लेख छ।

स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम प्राप्त भए लगत्तै आ–आफ्नो कार्यसमितिको बैठक बसी अधिवेशन–महाधिवेशनको कार्यतालिका तय गर्न भनिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *