समाचार

६४ जिल्लामा पुग्यो मतपत्र

काठमाडौं । निर्वाचन आयोगले ६४ जिल्लाका लागि एक करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी गरेको जनाएको छ ।

स्थानीय तह चुनावका लागि ६४ जिल्लाका लागि मतपत्र ढुवानी भइसकेको भन्दै आयोगले अन्य जिल्लामा पनि मतपत्र पठाउने क्रम जारी रहेको आयोगले जनाएको छ ।

काठमाडौंबाट एकै दिनमा ढुवानी गर्न सकिने मधेस प्रदेश र बागमती प्रदेशका केही जिल्लामा मतपत्र ढुवानी गर्न बाँकी रहेको आयोगले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *