समाचार

बेलकोटगढीमा गठबन्धनले टुंग्यायो उम्मेदवार : मेयरमा जगत र उपमेयरमा शिव दाहाल

नुवाकोट । जिल्लाको बेलकोटगढी नगरपालिकामा गठबन्धनले उम्मेदवार टुंग्याएको छ ।

मनोनयनको लागि निर्वाचन आयोगले तोकेको केही समय मात्र बाँकी रहँदा गठबन्धनका तर्फबाट मेयर र उपमेयरको टिकट फाइनल भएको हो ।

जसअनुसार मेयरमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता जगत बहादुर लामा र उपमेयरमा कांग्रेसबाट शिव दाहाल रहेका छन् ।

लामो छलफल र रस्साकस्सीपछि गठबन्धनले उम्मेदवार टुंग्याएको हो ।

गठबन्धनबाट मेयरको उम्मेदवार बनेका लामा गत २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट मेयरको प्रत्यासी रहेका थिए । भने उपमेयर दाहाल नेपाली कांग्रेस नुवाकोटका पूर्व सचिव हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *