समाचार

धादिङमा बस र कार जुध्दा पाँच जनाको गयो ज्यान

धादिङ । धादिङमा बस र कार जुध्दा पाँच जनाको ज्यान गएको छ । काठमाडौंबाट धादिङका लागि छुटेको बा ५ ख ८४४३ नम्बरको बसले काठमाडौं आउँदै गरेको वागमती प्रदेश ०१-०२६-च २९६८ नम्बरको कारलाई थाक्रे गाउँपालिका-७ जुँगेखोलामा ठक्कर दिँदा पाँच जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

दुर्घटनामा कारका चालक तनहुँ खैरेनीका अन्दाजी ३६ वर्षीय दिलबहादुर बस्नेत, भारतीय नागरिक विमलचन्द्र अग्रवाल, ३५ वर्षीया साधना अग्रवाल, ४० वर्षीया सन्ध्या अग्रवाल र ५५ वर्षीय राकेश अग्रवालको ज्यान गएको हो । दुर्घटनामा ज्यान गुमाएका सबै कारमा सवार थिए । दुर्घटनामा घाइते भएका उनीहरूको उपचारका क्रममा चालक डिलबहादुर र विमलचन्द्रको टिचिङ अस्पताल र अरूको ट्रमा सेन्टरमा ज्यान गएको हो ।

घाइते भएका धादिङ नीलकण्ठ नगरपालिका-११ का २४ वर्षीय राम परियार ट्रमा सेन्टर काठमाडौंमा उपचार चलिरहेको छ । उनी बसमा सवार थिए । दुर्घटनाको कारण अझै खुलेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *