समाचार

प्रधानमन्त्री देउवाको भ्रमणले नयाँ आयाम थपेको भारतको निष्कर्ष

काठमाडौं । भारतले प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणबाट द्विपक्षीय सम्बन्धमा नयाँ आयाम थपिएको बताएको छ ।

प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा भएको विस्तृत वार्ताले पारस्परिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन योगदान गर्नाका साथै भविष्यको बाटोसमेत निर्धारण गरेको भारतले जनाएको छ ।

भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा दुवै प्रधानमन्त्रीले ऊर्जा क्षेत्रमा पारस्परिक लाभका विषयमा छलफल गर्नुको साथै ऊर्जा उत्पादन, प्रसारण र व्यापारमा साझा प्रतिबद्धता जनाइएको उल्लेख गरिएको छ ।

पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर०लाई अन्तिम रूप दिएर त्यसको कार्यान्वयनमा तीव्रगतिमा काम गर्न दुवै पक्ष सहमत भएका जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *