राजनीति

मेरो पाँच वर्षे कार्यकाल सफल भयोः नगर प्रमुख बोहरा

अछाम । मंगलसैन नगरपालिकाका प्रमुख पदमबहादुर बाेहाेराले पाँच वर्षे कार्यकाल सफल रहेको दाबी गरेका छन् । बोहराले भौतिक पूर्वाधारको विकाससँगै सुशासन पक्षमा उल्लेखनीय काम भएको दाबी गरेका छन् । 

नगरका १४ वटै वडामा सडक सञ्जालको विस्तार, शिक्षामा भौतिक पूर्वाधारको विकास, विद्युतीकरण, पर्यटकीय क्षेत्रको प्रचारप्रसार लगायतका क्षेत्रमा विकास भएको नगर प्रमुख बाेहराको भनाइ छ । 

उनले कृषि क्षेत्रमा नगरपालिकाबाट प्राप्त लगानि भएपनि जनताको ईच्छाशक्ति नहुँदा प्रभावकारी हुन नसकेकाे बताए छ । सुरुमा कानुन निर्माण गर्नुपर्ने त्यसपछि कोरोनाका कारण सोचअनुरुप काम हुन नसकेको नगर प्रमुख बाेहराको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *