राजनीति

काँग्रेसले गठबन्धन गर्ने निर्णय गरेको छ : देउवा

काठमाडौं । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेस गठबन्धनको विपक्षमा नरहेको बताएका छन् ।

बिहीबार काठमाडौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले काँग्रेसको केन्द्रीय समिति बैठकले नै गठबन्धन कायम राख्ने निर्णय गरेको जानकारी दिँदै काँग्रेस गठबन्धनको पक्षमा रहेकोमा दुइमत नरहेको बताए ।

‘हाम्रो पार्टीले गठबन्धनलाई सँगै लाने निर्णय गरेको छ । यसमा कुनै दुई मत छैन’, उनले भने । काँग्रेस गठबन्धनको विपक्षमा कुनै हालतमा जान नसक्ने उनको भनाई छ । ‘हाम्रो पार्टी कुनै पनि हालतमा गठबन्धनको विपक्षमा छैन’, देउवाले गठबन्धन अझ एकतावद्ध बनाएर लैजान प्रतिवद्ध रहेको दावी गरे ।

‘हामी अझ बढी एकतावद्ध भएर अघि बढ्छौ’, देउवाले भने, ‘अप्ठेराहरुलाई फुकाउने र मिलाउने काम प्रधानमन्त्रीको हो, अप्ठेरासँग भाग्ने त होइन नि !’, देउवाले भनेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *