समाचार

चर्चित बुढानिलकण्ठ दुर्घटना, चालकलाई ६ महिना कैदको फैसला

काठमाडौं । काठमाडौं जिल्ला अदालतलले चर्चित बुढानिलकण्ठ दुर्घटना प्रकरणमा सवारी ज्यानमुद्दा लागेका पृथ्वी मल्ललाई ६ महिना कैद र एक हजार जरिवाना सुनाएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीन सूर्यप्रसाद अधिकारीको इजलासले मल्ललाई कैद र जरिवानाको फैसला सुनाएको हो ।

सुरूमा मल्ललाई जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले पुर्पक्षका लागि कारागार राख्ने आदेश दिएको भएपनि सर्वोच्चको आदेशपछि धरौटीमा रिहा गरेको थियो।

२०७६ मंसिर २७ गते बिहान १० बजेतिर मल्लले चलाएको कारले ठक्कर दिएर विपरीत दिशाको सडकपेटीमा हिँडिरहेकी गोरखाकी लीला देवकोटाको मृत्यु भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *