देश

खोटाङका तीन स्थानीय तहले आइतबार पनि पठनपाठन सञ्चालन गर्ने

खोटाङ। यहाँका तीन स्थानीय तहले आइतबार पनि विद्यालयमा पठनपाठन सञ्चालन गर्ने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुइचुम्मा र खोटेहाङ गाउँपालिकाले आइतबार पनि पठनपाठन सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

सङ्घीय सरकारले शैक्षिक संस्थामा आइतबार सार्वजनिक बिदा दिनुपर्ने निर्देशन दिए पनि यी स्थानीय तहले आइतबार शैक्षिक संस्था खुलाउने निर्णय गरेका हुन् । सङ्घीय सरकारले गरेको निर्णय अनुसार पाठ्यभार पूरा गर्न नसकिने भन्दै आइतबार पठनपाठन गराउने निर्णय गरेको जनाएका छन् । वैशाख–१५ गते भर्ना सुरु गर्नुका साथै विद्यालयसमेत सञ्चालन गरिने नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।

यसअघि यहाँको खोटेहाङ गाउँपालिकाले यही वैशाख–१० गतेसम्म भर्ना अभियान सञ्चालन गरेर वैशाख–१३ गतेदेखि पठनपाठन सुरु गरिसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *