राजनीति

एकीकृत समाजवादीकाे सचिवालय बैठक बस्दै

काठमाडाैं। नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १२ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको हो ।

पार्टी उपमहासचिव गंगालाल तुलाधरले बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुने बताए । उनका अनुसार बैठकले स्थानीय तहको उम्मेदवार टुंगो लगाउने निकाय र हस्ताक्षर गर्ने अधिकारीको टुंगो लगाउने छ ।

निर्वाचनमा गठबन्धन गर्ने सम्बन्धी विषयमा पनि छलफल हुने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *