काठमाडौं । नेपाल भारत उर्जासचिव स्तरीय बैठकमा भाग लिन नेपाल आएका भारतीय उर्जा सचिव आलोककुमारले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
द्विपक्षीय ऊर्जा क्षेत्र सहयोगसम्बन्धी नेपाल–भारत संयुक्त सञ्चालन समितिको बैठकमा सहभागी हुन नेपाल आएका आलोकले प्रधानमन्त्री देउवासँग वालुवाटारमा भेटवार्ता गरेका हुन् । आजबाट शुरु भएको बैठक दुईदिनसम्म चल्नेछ ।
बैठकको पहिलो दिन दुबै देशका उर्जा मन्त्रालयहरुको सहसचिवस्तरीय वार्ता सकिएको छ भने बिहिबार सचिव स्तरिय वार्ता हुनेछ । बुधबारको वार्तामा भारतले संयुक्त लगानीमा नेपालमा थप हाइड्रो बनाउने प्रस्ताव गरेको जनाइएको छ ।




