समाचार

निर्वाचन गराउन राष्ट्रपतिले प्रधानमन्त्रीलाई पत्र थमाउनु असंवैधानिक: गठबन्धन

काठमाडाैं।सत्तारुढ ५ दलीय गठबन्धनको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना भएको छ । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच गत बिहीबार भएको भेटवार्तामा भण्डारीले स्थानीय तहको निर्वाचन नसार्न लिखित रुपमै आग्रह गरेकी थिइन् ।

भण्डारीले पत्रमा स्थानीय तहको निर्वाचन ऐन संशोधन गर्ने सरकारी तयारीलाई चिन्ताजनक भन्दै समयमै निर्वाचन गराउने दायित्वबाट सरकार भाग्न नमिल्ने बताएकी थिइन् ।

आज विहान बसेको सत्तारुढ गठबन्धनको बैठकमा राष्ट्रपति भण्डारीले थमाएको उक्त पत्रका बारेमा छलफल भएको थियो । गठबन्धनका शीर्ष नेताहरुले राष्ट्रपतिले उक्त पत्र दिनु असंवैधानिक भएको टिप्पणी गरेका हुन् ।

साथै राष्ट्रपति भण्डारीले राजनीतिक महत्वाकांक्षाका कारण पुनः असंवैधानिक कदम चाल्न खोजेको गठबन्धनको बैठकको निष्कर्ष रहेको बैठकमा सहभागी एक नेताले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *