समाचार

थप १८९ जनामा कोरोना पुष्टि, २५० जना संक्रमणमुक्त

काठमाडौँ । पछिल्लो २४ घण्टामा १८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,४८३ पीसीआर परीक्षणमा १५८ र २,५१४ एन्टिजेन परीक्षणमा ३१ जना गरी १८९ जनामा संक्रमण पुष्टि भ्एको हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ७२ पुगेको छ । त्यसैगरी शनिबार २५० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५४२८ रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *