काठमाडौं।काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टीको १४औं महाधिवेशन स्थल भृकुटीमण्डप आइपुगेका छन् ।
उनी मञ्चमा चढ्नासाथ महामन्त्री खड्काले उठेर स्वागत गरेका थिए । पार्टी सभापति शेरबहादुर देउवाको बायाँतिर बस्न पुगेका पौडेलसँग देउवाले लम्किएर गफ गरेका छन् ।
त्यसपछि पौडेल बसेका थिए । यो दृश्यले कार्यक्रम स्थलमा नयाँ आयम थपेको छ । किनकि पौडेलले हिजोको काङ्ग्रेस केन्द्रीय समितिको बैठक बहिष्कार गरेका थिए । पाैडेल महाधिवेशन उदघाटनमा नआउने हुन् कि भन्ने पनि संशय थियो ।




