काठमाडौं ।नेपाली कांग्रेसको १४औं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वएमन्त्री मोहनबहादुर बस्नेतले सहमहामन्त्रीमा उम्मेदवारी दिने भएका छन् ।
कांग्रेसमा सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री (खस–आर्य, महिला, मधेसी, मुस्लिम, थारू, दलित र पिछडिएको क्षेत्रबाट एक–एकजना) गरी १३ जना पदाधिकारी निर्वाचित भएर आउने छन्। नेता बस्नेतले खसआर्यतर्फ सहमहामन्त्रीमा उम्मेदवारी दिने भएका हुन् ।
बस्नेत नेपाली कांग्रेसको खेलकुद विभा प्रमुख र महाधिवेशन आयोजकतर्फ स्वास्थ्य समितिका संयोजकसमेत हुन् । सिन्धुपाल्चोकमा बाढीपहिरो पीडित, भूकम्पीडित तथा कोरोना महामारीका बेला बस्नेतले राहत वितरणदेखि विकास निर्माणमा उल्लेख्य योगदान गर्दै आएका छन् ।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका मुख्य हस्ती मानिने बस्नेतकै कारण बाग्मती प्रदेशमा संस्थापन पक्षको पकड बलियो बनेको हो ।




