काठमाडौं । नेपाली कांग्रेसका नेता रामपल्टन शाहले केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका छन् ।
शाहले मधेशी आरक्षणतर्फ केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका हुन् । क्षेत्रीय पहिचानका साथमा विविधतामा आधारित राष्ट्रिय एकताका पक्षमा रहेको शाहले बताएका छन् । २०३६ सालमै कांग्रेसको भातृ संगठन नेविसंघमार्फत राजनीतिमा प्रवेश गरेका शाहले तरुण दलको नेता हुँदै पछिल्लो समय कांग्रेसको तरुण विभाग सदस्य रहेका छन् ।

२०३९ सालको विद्यार्थी आन्दोलनमा समेत सहभागी भएका शाह २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन र २०६२ २०६३ को दोस्रो जनआन्दोलनमा समेत सहभागी भएका थिए ।




