काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य एवम् पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।
प्रधानमन्त्री देउवाले बिहीबार नेता बस्नेतलाई फोन गरेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् । त्यस क्रममा देउवाले बस्नेतलाई शीघ्रस्वास्थ्य लाभको कामना गरेका छन् ।
नेता बस्नेतलाई प्रधानमन्त्री देउवाले स्वास्थ्य अवस्थालाई लिएर दुई पटक फोन गरिसकेका छन् । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा नेता बस्नेतले उपचार गराइरहेका छन् । उनलाई कोरोना संक्रमण देखिएपछि अस्पतालमा भर्ना गरिएको हो ।




