समाचार

विद्युत्ले गाउँ नै झिलीमिली भएपछि खुशी स्थानिय

गलेश्वर । वर्षौँदेखि टुकी र सिठाको धिपधिपे उज्यालोमा जीवनयापन गर्दै आएका म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानी कालाबाङ्गवासी केन्द्रीय प्रसारण लाइनको विद्युत्ले गाउँ नै झिलीमिली भएपछि खुशी छन् ।

पाखापाखानीको कमथानबाछ घण्टीवाङ, टेङ्गेरेङ, पेक्ना, पुतपुत र कालावाङ्ग बस्तीका ५० घरमा विद्युत् विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले यी गाउँमा विद्युतीकरण गरेपछि गाउँ उज्यालो भएको रघुगङ्गा–६ का वडाध्यक्ष मनकुमार शेरपुंजाले बताएका छन् ।

यसअघि त्यहाँका बासिन्दा लघुजलविद्युत् परियोजनाको बिजुली, सोलार र टुकीमा निर्भर थिए । केन्द्रीय लाइन विस्तारपछि टेलिभिजन हेर्न, कम्प्युटर र ल्यापटप चलाउन, मोबाइल चार्ज गर्न, घरायसी काम गर्न र उद्योग व्यवसाय सञ्चालन गर्न सहज भएको उनले जानकारी दिएका छन् । विद्युतीकरणका लागि हेलिकोप्टरबाट ट्रान्सफर्मर ढुवानी गरिएकोे थियो । रायखोर, मुलपानी र उल्लेरीका ९१ घरमा ६५० जनसङ्ख्याको बसोबास छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *