देश

वाँकेकी रूवी खानलाई रिहा गर्न र पुन पक्राउ नगर्न सर्वाेच्चकाे आदेश

काठमाण्डाैं। सर्वाेच्च अदालतले रूवी खानलाइ थुनमुक्त गर्न आदेश दिएकाे छ।

वाँकेकी अधिकारकर्मी खानलाइ तत्काल थुनामुक्त गर्न र उनलाइ पुन पक्राउ नगर्न सर्वाेच्चले आदेश दिएकाे हाे । न्यायाधिश अनिलकुमार सिन्हालकाे इजलाशले यस्ताे आदेश दिएकाे हाे।

दुइ जना महिलाकाे शंकास्पद मृत्यु वारेमा प्रहरीले अनुसन्धान गर्न ढिलाइ गरेपछि २० दिन लगाएर नेपालगन्ज देखि काठमाण्डाैंसम्म आइपुगेकी खान पक्षमा अधिकारकर्मीले समेत आवाज उठाएका छन।उनलाइ प्रहरी काठमाण्डाैंबाट समातेर वाके पुरयाएकाे थियाे।यस घटना विरूद्ध परेकाे वन्दी प्रत्यक्षीकरणकाे रिटमा सुनुवाइ गर्दै न्यायाधिश सिन्हाले यस्ताे फैसला गरेका हुन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *