समाचार

न्यायाधीशद्वय दीपक कार्की र कुमार चुडालको संयुक्त इजलासमा ओलीको रिट

काठमाडौं । एमालेले निष्कासन गरेका १४ जना सांसदलाई पदमुक्त नगरी सभामुखले गैरकानुनी काम गरेको र तिनै व्यक्तिको सनाखतबाट निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) दर्ता भएको भन्दै परेको मुद्दामा आज सुनुवाइ हुँदैछ ।

एमाले अध्यक्ष केपी ओलीले दर्ता गरेको रिट निवेदन न्यायाधीशद्वय दीपक कार्की र कुमार चुडालको संयुक्त इजलासमा पेसी तोकिएको छ ।

एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई निष्कासन गरेको पत्र १ भदौमा संसद् सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो । तर, सभामुख अग्निप्रसाद सापकोटाले एमालेले कारबाही गरेका सांसदलाई निष्कासन गरेको सूचना टाँस गरेका थिएनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *