समाचार

सोमबारबाट बैंकका शाखाहरुबाट नयाँ नोट साट्न पाइने

काठमाडौँ ।नेपाल राष्ट्र बैंकले असोज ४ गते अर्थात सोमबारबाट नयाँ नोट वितरण गर्ने भएको छ ।

केन्द्रीय बैंकले एक सूचना जारी गर्दै यसपटकबाट वाणिज्य बैंकहरुका तोकिएका शाखाहरुबाट समेत नयाँ नोट वितरण गरिने भएको हो ।

केन्द्रीय बैंकले कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राखेर उपत्यकाका वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयबाट नोट सटही सुविधा लिन सकिने व्यवस्था मिलाइएको जनाएको छ । उपत्यकाका बाहिरको हकमा भने प्रदेशस्थित कार्यालयमा वा वाणिज्य बैंकको तोकिएको शाखा कार्यालयमा गएर नोट सटही गर्न अनुरोध गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *