काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण बुधबार बिहान सन्तनेता कृष्णप्रसाद भट्टराई आश्रम बाडेगाउँ पुगेका छन् । आश्रम पुगेर मन्त्री खाँणले भट्टराईको शालिकमा माल्यार्पण गरेका थिए ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका खाँणका साथमा युवा नेता रामहरि खतिवडा, मञ्जु खाँण पनि गएका थिए ।
मंगलबार मात्रै कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का भट्टराई आश्रम पुगेका थिए । उनले सो अवसरमा कांग्रेसको सरकार ठूलो मेहनतपछि बनेकाले अब कांग्रेसले किशुनजीको आदर्श र सिद्धान्तलाई अनुशरण गर्नुपर्ने विचार व्यक्त गरेका थिए ।




