देश

कलाकर्मीको माइतीघरमा प्रदर्शन: ‘अभिव्यक्ति स्वतन्त्रता बचाऊ’ भन्दै विरोध

काठमाडौँ । अभिव्यक्ति स्वतन्त्रताको संरक्षणको माग गर्दै कलाकर्मीहरूले काठमाडौँको माइतीघर मण्डलामा शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् । बुधबार उनीहरू प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनमा सहभागी कलाकर्मीहरूले ‘सिनेमा–साहित्य बोल्न देऊ, हाम्रो कथा खुल्न देऊ’ र ‘हाम्रो कथा लुक्दैन, सिनेमा–साहित्य रोकिन्न’ जस्ता नारासहितका प्लेकार्ड बोकेका थिए ।

उच्च अदालत पाटनले मंगलबार चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न आदेश दिएको थियो । १८ वैशाखदेखि प्रदर्शनको तयारीमा रहेको उक्त चलचित्रमाथि रोक लगाएपछि कलाकर्मी विरोधमा उत्रिएका हुन् ।

चलचित्रका केही शब्दले वादी समुदायको आत्मसम्मानमा चोट पुगेको भन्दै रोशनी नेपालीले मुद्दा दायर गरेकी थिइन् । षट्कोण आर्ट्सद्वारा निर्मित उक्त फिल्म वादी समुदायका महिलाहरूको संघर्षको कथामा आधारित रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *