समाचार

कांग्रेसको बाढीपहिरो विपद व्यवस्थापन समन्वय समितिले पायो पूर्णता, राजभण्डारी सहसंयोजक

काठमाडौं । नेपाली कांग्रेसले बाढी पहिरो विपद व्यवस्थापन समन्वय समितिलाई पूर्णता दिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार ११ सदस्यीय समितिलाई पूर्णता दिएका हुन् ।

केही दिनअघि कांग्रेसले केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिको सहसंयोजकमा दिव्यमणि राजभण्डारी, सचिव किरण गिरी र कोषाध्यक्षमा कल्पना चौधरी मनोनयन भएका छन् ।

देशका विभिन्न भागमा गएको विनाशकारी बाढी पहिरोका कारणले पु¥याएको जनधनको ठूलो क्षतिको तथ्यांक संकलन तथा बाढीपहिरो पीडितहरुलाई राहत कार्यमा सहयोग पु¥याउने उद्देश्यले कांग्रेस केन्द्रीय कार्यसमितिको असार ४ गतेको बैठकको निर्णयानुसार पूर्वमन्त्री बस्नेतको संयोजकत्वमा बाढीपहिरो विपद व्यवस्थापन समन्वय समिति गठन गरेको थियो ।

समितिको सदस्यहरूमा भूमिबहादुर गुरुङ, रामबहादुर विष्ट, बहादुरसिंह थापा, राजीवविक्रम शाह, तीर्थबहादुर लामा, ललितजंग शाही, देवराज चालिसे, नगिना यादव छन् । आजै समितिका संयोजक बस्नेतले जनार्दन नेपाल, दीर्घबहादुर केसी र चेतनाथ खनाललाई आमन्त्रित सदस्यमा मनोनयन गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *