समाचार

मानसिक रोग डाक्टर अर्याल मृत अवस्थामा फेला

काठमाडौं । मानसिक रोग विशेषज्ञ डा. सुदीप अर्यालले आत्महत्या गरेका छन् । नेपाल सरकारका नवौँ तहका अधिकृत अर्याल आइतबार बुढानिलकण्ठको एउटा होटलमा मृत अवस्थामा फेला परेका थिए ।

दुई महिनाअघि मात्र विवाह गरेका उनको दुई महिनाअघि बढुवा भएको थियो । डा.अर्याल पाटन मानसिक अस्पतालमा कार्यरत थिए । सयौँ व्यक्तिलाई आत्महत्या गर्नबाट बचाउने गरी उपचार गरिसकेका उनले आफैलाई भने आत्महत्याबाट बचाउन सकेनन्।

उनको मृत्युको कारण खुल्न नसकेको काठमाडौँ प्रहरीले जानकारी दिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *