समाचार

भेरोसेलको दोस्रो मात्रा खोप असार २२ गतेदेखी लगाइने, यी हुन् काठमाडौंका ३२ खोप केन्द्रहरु

काठमाडौं । कोराना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने भएको छ। स्वास्थ्य कार्यालय काठमाडौंले सुचना प्रकाशन गरी जिल्लाका ३२ स्थानमा खोप केन्द्र तोकेको छ। खोप केन्द्रहरुमा काठमाडौ महानगरपालिकाका १३ स्थानमा कागेश्वरी मनोहरा नगरपालिमा २ स्थानमा, तारकेश्वर नगरपालिकामा २ स्थानमा, दक्षिणकाली नगरपालिकामा एक स्थानमा, कीर्तिपुर नगरपालिकामा २ स्थानमा, बुढानिलकण्ढ नगरपालिकामा २ स्थानमा, गोकर्णेश्वर नगरपालिकामा २ स्थानमा, टोखा नगरपालिकामा २ स्थानमा, नागार्जुन नगरपालिकामा २ स्थानमा, चन्दागिरी नगरपालिकामा २ स्थानमा र शंखरापुर नगरपालिमामा २ स्थानमा खोप केन्द्र तोकिएको सुचनामा उल्लेख गरिएको छ ।

सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो मात्रा खोप लगाएको थियो।

पहिलो मात्रा लगाएका तीन लाख ७० हजार नागरिकलाई असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने तय भएको स्वास्थ्य सेवा विभागले जनाइएको छ ।

साथै, अघिल्ला खोप अभियानमा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन छुटेकाले समेत सो अवधिमा दोस्रो डोज लगाउन पाउनेछन् ।

खोप लगाउनका लागि यसअघि पहिलो मात्रा लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने बताइएको छ।
बिस्तृतमा खोप केन्द्रहरु हेर्नुहोस् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *