देश

दुर्गा प्रसाईले विवेकशील पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको उपचार खर्च बेहोर्ने

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको उपचार खर्च बिएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले बेहोर्ने भएका छन् । प्रसाईले शनिबार विज्ञप्ति जारी गरी थापाको मेडिसिटी अस्पतालमा उपचार गर्दा लागेको सम्पूर्ण खर्च बेहोर्ने जनाएका हुन् ।

‘सामाजिक अभियान्ता तथा विवेकशिल पार्टीका पूर्व अध्यक्ष थापाको उपचारमा सहयोग संकलन लागि आह्वान भएको जानकारी हुन आएकोले मेडिसिटी अस्पतालमा उपचाररत उहाँको सम्पूर्ण उपचार खर्च बिएन्डसीका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले प्रदान गर्ने व्यहोरा अनुरोध गर्दै उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ विज्ञप्तिमा भनिएको छ।

अस्पतालको सामाजिक उत्तरदायित्व र मुल मान्यता स्वास्थ्य उपचार खर्चको अभावमा कुनै पनि नेपाली नागरिकले अकालमा मर्नु नपरोस् भन्ने रहेकाले थापाको उपचार खर्च व्यहोर्ने निर्णय गरेको पनि विज्ञप्तिमा उल्लेख छ।

कोरोना संक्रमणका कारण थापाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । विवेकशील पार्टीले थापाको उपचारमा सहयोगका लागि आह्वान गरेको छ । सहयोगका लागि विदेशमा हुने गोफन्डमी र नेपालमा हुनेले आलोक सुवेदीको कुमारी बैंक मैतिदेवी शाखाको खाता नम्बर १९४०१०५०६५४००००१ मा वा खल्ति ९८१०२७६४७३ मा वा इसेवा ९८१०२७६४७३ सहयोग गर्न आग्रह गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *